लुम्बिनी प्राविधिक विश्वविद्यालयको पाँचौ सभाको बैठक सम्पन्न

15 Aug 2023 Admin
लुम्बिनी प्राविधिक विश्वविद्यालयको पाँचौ सभाको बैठक सम्पन्न

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा समय सापेक्ष  प्राविधिक शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा सहज र सुलभ ढङ्गले उपलब्ध गराउने ध्येयले स्थापित लुम्बिनी प्राविधिक विश्वविद्यालयको मिति २०८० साउन २९ गते सोमबार दिउँसो २:०० बजे लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री एवम् लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलपति श्री डिल्ली बहादुर चौधरीज्यूको अध्यक्षतामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको विधान २०७९ को दफा (८) र (९) को प्रावधान अनुसार नेपालगन्ज, बाँके, लुम्बिनी प्राविधिक विश्वविद्यालयको सभा हलमा पाँचौ सभाको बैठक सफलतापूर्वक सम्पन्न भएको छ। सभामा माननीय सामाजिक विकास मन्त्री एवम् सहकुलपति श्री चन्द्रकेश (सि.के) गुप्ताज्यू  लगायत विश्वविद्यालयका पदाधिकारीहरू तथा सभासदस्यहरूको उपस्थिति रहेको थियो।

विश्वविद्यालयको पाँचौ सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको वार्षिक प्रतिवेदन लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालज्यूले प्रस्तुत गर्नुभएको थियो। विश्वविद्यालयका कुलसचिवज्यूले सभाको सञ्चालन गर्नु भएको थियो भने गत आ. व. २०७९/०८० को आर्थिक प्रतिवेदन र २०८०/०८१ को वार्षिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।

विश्वविद्यालयको पाँचौ सभाको समापन माननीय मुख्यमन्त्री एवम् लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलपति श्री डिल्ली बहादुर चौधरीज्यूले गर्नु भएको थियो।

Related News