B.Tech in CS & AI र B.Tech in IT प्रवेश परीक्षा सम्पन्न

12 Oct 2023 Admin
B.Tech in CS & AI र B.Tech in IT प्रवेश परीक्षा सम्पन्न

मिति २०८० असोज २४ गते लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानमा शैक्षिकसत्र २०८०/०८१ का लागि स्नातक तहमा सञ्चालन हुने कार्यक्रम B.Tech in CS & AI र B.Tech in IT को प्रवेश परीक्षा सम्पन्न भएको छ।

प्रवेश परीक्षा सम्पन्न भएपछि प्रवेश परीक्षामा सहभागि विधार्थीहरूलाई विश्वविद्यालयको बारेमा थप जानकरी दिन अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो। सो कार्यक्रममा यस विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन, डा. कीर्ति कुसुम जोशीले विश्वविद्यालयले सञ्चालन गर्न लागेको कार्यक्रमको बारेमा प्रकाश पार्दै हातमा डिग्री, साथमा रोजगारको नारा सहित विश्वविद्यालयले विधार्थीलाई पढ्दै र कमाउदै वातावरण सिर्जना गर्न लुम्बिनी प्राविधिक विश्वविद्यालय प्रतिबद्ध रहेको जानकारी दिनु भयो।

Related News