M.Tech in IT, CS & AI, Data Science and Cyber Security कार्यक्रमको पाठ्यक्रम अन्तिम प्रारूप तयारीका विषयमा अन्तरक्रिया कार्यक्रम

20 Jan 2024 Admin
M.Tech in IT, CS & AI, Data Science and Cyber Security कार्यक्रमको पाठ्यक्रम अन्तिम प्रारूप तयारीका विषयमा अन्तरक्रिया कार्यक्रम

आज मिति २०८० माघ ६ गते लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातकोत्तर कार्यक्रम संचालन गर्ने हेतुले ललितपुर स्थित Classic Tanduri, Hattiban मा विश्वविद्यालयका, कुलसचिव, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका  डीन, सेवा आयोग विज्ञ सदस्य तथा कर्मचारीहरू र विषयविज्ञहरूको उपस्थितिमा M.Tech in IT, M.Tech in CS & AI, M.Tech in Data Science and M.Tech Cyber Security कार्यक्रमको पाठ्यक्रम अन्तिम प्रारूप तयारीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

साथै यस कार्यक्रममा विश्वविद्यालयका कुलसचिव श्री रेगबहादुर भण्डारीज्यूले समग्र पाठ्यक्रमको बारेमा ब्रिफिङ गर्नु भएको थियो। यसलाई अझ परस्कृत बनाउन इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन, डा. कीर्ति कुसुम जोशीज्यूले आफ्नो धारणाहरू प्रस्तुत गर्दै, विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य प्रा. डा. कृष्णप्रसाद घिमिरेज्यूबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

Related News